कमिश्नर गौरव शर्माले गरे उत्तरायण आउट पोस्टको उद्घाटन

सिलगढी : मतिगढा थाना अन्तर्गत उत्तरायण आउट पोस्ट चौकीको आज सिलगढी मेट्रोपोलिटन पुलिस कमिश्नर गौरव शर्माले उद्घाटन गरे। उत्तरायण इलाकामा मानिसहरूको बढ्दो संख्यालाई ध्यानमा राखेर पुरानो आउट पोस्टलाई नयाँ प्रकारले विस्तार गरिएको छ। पुलिस कमिश्नर गौरव शर्माको निर्देशमा उत्तरायण चौकीलाई नयाँ प्रकारले बनाइएको छ। उत्तरायण आउट पोस्ट नजिक रहेको सम्मानेर बाडी छेउको एउटा काली मन्दिरको पनि पुलिस कमिश्नर गौरव शर्माको आमा विपिन बाला शर्माले पुनः उद्घाटन गरिन्। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पुलिस कमिश्नर गौरव शर्माले भने, उत्तरायण आउट पोस्टलाई नयाँ प्रकारले सजाइएको छ। उत्तरायण आउट पोस्ट उत्तरायण टाउनशिप, चाँदमुनी वेलफेयर सोसाइटी लगायत यहाँका मानिसहरूको सुरक्षाको लागि हर समय तयार रहेको तिनले बताए। यस अवसरमा डीसीपी जय टुडू, एडीसीपी ट्राफिक पूर्णिमा शेर्पा, एसीपी मनीष कुमार यादव, रिजर्व अफिसर अमन राजा, मतिगढा थाना, सिलगढी थाना, भक्ति नगर, मेडिकल आउटपोस्ट, उत्तरायण आउटपोस्टको प्रभारी लगायत मेट्रोपलिटनका केही शीर्ष अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *