कामको सिलसिलामा सिलगढीका सौरभ गएका थिए सिक्किम, तर अब फर्किँदैछ बाकसमा तिनको शव

सिलगढी (निसं): कामको सिलसिलामा सिक्किम गएका थिए तर तिनी फर्केनन्। तथापि तिनको शव भने आज घरमा फर्किदैछ। सिक्किमको 15 माइल नजिक हिज भएको हिउँ पहिरोमा परेर सिलगढीको शक्तिगढ़ निवासी सौरभ राय चौधरीको मृत्यु भएको छ। तिनी माता-पिताको एक मात्र सन्तान थिए। आफ्नो छोरालाई सधैंको लागि गुमाए पछि परिवारका सदस्यहरू रोइरहेका छन्। गत सोमवार राति पिता निलेश राय चौधरी अनि आमा बेबी राय चौधरीले आफ्नो एक मात्र छोरासित फोनमा बातचित गरेका थिए। तर यो नै तिनीहरूको अन्तिम बातचित हो भन्ने कुरा कसैलाई पनि थाहा थिएन। यसपछि हिज मंगलवार राति हिउँ पहिरोमा परेर सौरभको मृत्यु भएको अनि तिनका अन्य दुई साथीहरू घाइते भएको परिवारलाई खबर प्राप्त भयो।


प्राप्त जानकारी अनुसार सौरभ कामको लागि सिक्किम गएका थिए। मंगलवार छुट्टी भएको कारण तिनी आफ्नो अन्य दुई जना साथीसित पर्यटक स्थल छाङ्गु घुम्न गएका थिए। त्यहाँ 15 माइल नजिकमा नै हिउँले पुरिएर तिनको मृत्यु भयो। आज सिलगढी नगरनिगमका मेयर गौतम देवले मृतकका परिजनहरूलाई भेटेर आफु यस दुखको समयमा साथमा रहेको आश्वासन दिए। सौरभको शव ल्याउनको लागि आज बिहान परिवारका सदस्यहरू सिक्किम गएका छन् भने साँझसम्म तिनको शव घर ल्याइपुऱ्याइने बताइएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *