काममा फर्काउनुपर्ने माग गर्दै सङ्ग्रामी बिड़ी श्रमिक युनियन-द्वारा विक्षोभ प्रदर्शन

सिलगढी : कोरोना संक्रमणलाई रोकथाम गर्न जारी आंशिक लकडाउनले गर्दा बिड़ी कम्पनीका श्रमिकहरू बेरोजगार भएपछि आर्थिक समस्या भोग्न परिरहेको छ। पुरानो काम पुनः फिर्ता पाउने माग गर्दै सङ्ग्रामी बिड़ी श्रमिक युनियन (एआईयुटीयुसी)-का सदस्यहरूले आज सिलगढीको एउटा बिड़ी कम्पनी अघि विक्षोभ प्रदर्शन गरे। प्रदर्शनकारी श्रमिकहरूले बताएअनुसार लगभग डेढ़ महिनादेखि तिनीहरू बेरोजगार भएका छन्। तीमध्ये केही श्रमिकहरू 30 वर्षदेखि तथा केही श्रमिकहरू यसभन्दा अधिक समयदेखि बिड़ी कम्पनीमा काम गर्दै आइरहेका छन्। उक्त श्रमिकहरूले आफ्नो पुरानो काम पुनः फिर्ता पाउने माग गर्दै आज विक्षोभ प्रदर्शन गरेको बताइएको छ। संगठनका जिल्ला सचिव जय लोधले बताएअनुसार आफूहरूले उक्त बिड़ी कम्पनीका मालिक कर्तृपक्षलाई यसबारे जानकारी गराइसकेको छ भने कर्तृपक्षको तर्फबाट आगामी हप्ताभित्रमा श्रमिकहरूलाई पुनः काममा फर्काइल्याउने आश्वासन दिएको तिनले बताए। यदि आफूहरूको माग पुरा नगरेको खण्डमा आगामी दिनमा वृहत आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *