कमरेड मुजफ्फर अहमदको 133औँ जन्मजयन्ती पालन

सिलगढी : सिलगढीमा सीपीआईएम-को तर्फबाट कमरेड मुजफ्फर अहमद उर्फ काका बाबुको 133औँ जन्मजयन्ती पालन गरियो। सिलगढीको हिलकार्ड रोडस्थित सीपीआईएमको पार्टी कार्यालय अघि आज एउटा कार्यक्रमको माध्यमद्वारा तिनको जन्मजयन्ती पालन गरियो। वामफ्रन्ट नेता अशोक भट्टाचार्यले तिनको प्रतिकृतिमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा जीवेश सरकार, शरदिन्दु चक्रवर्ती लगायत अन्य उपस्थित थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.