कामतापुर भूमिपुत्र महागठबन्धन प्रार्थीले तृणमूल नेतालाई ढोगेर लिए आशीर्वाद

राजगञ्ज : कामतापुर भूमिपुत्र महागठबन्धनका प्रार्थीले तृणमूल नेताको खुट्टा ढोगेर आशीर्वाद लिए। प्राथमिक विद्यालयका शिक्षक रामप्रसाद मोदक डाबग्राम-फुलबारी विधानसभा आसनबाट कामतापुर भूमिपुत्र महागठबन्धनको प्रार्थीको रूपमा चुनाउमा खडा भएका छन्। तिनी आज तृणमूल एससी एसटी ओबीसी सेलका जलपाईगुढी जिल्लाका अध्यक्ष कृष्ण दासको घरमा गएर तिनको खुट्टा ढोगेर आशीर्वाद लिए। यस सम्बन्धमा रामप्रसाद मोदकले बताएअनुसार कृष्ण दास एकजना समाजसेवी हुन्, तिनी सदैव मानिसहरूको सहयोगको लागि अघि आउने गर्दछन्। म तिनलाई भगवान झैँ मान्दछु, यसैले चुनाउ प्रचार गर्न अघि तिनको आशीर्वाद लिएको हुँ भनी रामप्रसादले बताए। अर्कोतिर, कृष्ण दासले रामप्रसाद मोदक विधानसभा चुनाउमा खडा भएकाले आज तिनी आशीर्वाद लिनको लागि मेरोमा आएको हो। मेरा कर्तव्य सम्झेर मैले तिनलाई आशीर्वाद दिँदै तिनको मंगलको कामना गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *