कामतापुरी भाषाको प्राथमिक स्कुल खोल्ने मागमा कामतापुर प्रोग्रेसिभ पार्टीद्वारा ज्ञापन

खोरीबारी : कामतापुर प्रोग्रेसिभ पार्टीले खोरीबारी ब्लकमा कामतापुरी भाषाको प्राथमिक स्कुल खोल्ने माग गर्दै खोरीबारी स्कुल शिक्षा अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। कामतापुर प्रोग्रेसिभ पार्टीको केन्द्रीय कमिटीका सदस्य अमित रायले बताएअनुसार कामतापुरी भाषामा प्राथमिक स्कुल खोलिइने राज्य सरकारले आफूहरूलाई आश्वासन दिएको थियो।


हाल दुईवटा स्कुललाई स्वीकृति दिए तापनि ती दुईवटा स्कुलमा धेरै संख्यामा विद्यार्थीहरूलाई शिक्षा दिन सम्भव नरहेकोले गर्दा नै खोरीबारी ब्लकको केही ठाउँहरूमा कामतापुरी भाषामा प्राथमिक स्कुल शुरू गर्ने माग गरेको तिनले बताए। यस राज्यमा केही जनजातिहरूको भाषालाई प्राथमिकता दिए तापनि कामतापुरी भाषालाई हालसम्म प्राथमिकता दिइएको छैन। तिनले बङ्ग्ला भाषा सँगसँगै कामतापुरी भाषामा पठनपाठन शुरू गर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *