कामतापुरी सांस्कृतिक संगठनद्वारा शहीद दिवस पालन

राजगञ्ज : कामतापुरी राज्य अनि भाषाको आन्दोलनमा शहीद भएका जगदीश चन्द्र राय र गजन रायको स्मरणमा आज कामतापुरी सांस्कृतिक संगठनले राजगञ्जको साहुडाङ्गीमा शहीद दिवस पालन गर्यो। विगत 25 जनवरी 1987-मा अलग राज्य र भाषाको माग गर्दै आलताग्राम स्टेशनमा रेल रोक्ने कार्यसूची पालन गरिरहेको समय आन्दोलनकारीहरूमाथि गोली चलाउँदा यी दुईजना शहीद भएका थिए। यसैले गर्दा प्रत्येक वर्ष 25 जनवरीको दिन तिनीहरूलाई स्मरण गर्दै शहीद दिवस पालन गर्दै आइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *