कामता राजवंशी परिषदले लोकसभा चुनाउमा उत्तर बंगालमा तृणमूललाई समर्थन गर्ने

सिलगढी (निसं): कामता राजवंशी परिषदले आउँदो लोकसभा चुनाउमा दार्जिलिङ आसनका उम्मेदवार गोपाल लामा लगायत उत्तर बंगालको सबै आसनका तृणमूल काङ्ग्रेस उम्मेदवारहरूलाई आफ्नो समर्थन जनाएको छ। संगठनका सदस्यहरूले आज सिलगढी जर्नलिस्ट्स क्लबमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएका छन्। देश स्वतन्त्र भएको सात दशक बितिसक्दा पनि उत्तर बंगालका राजवंशी समुदायका मानिसहरूको थुप्रै समस्याहरू छ। कामता राजवंशी परिषदका अध्यक्ष राहुल बर्मनले दावी गरे अनुसार तृणमूल सरकारले राजवंशी समुदायको विकास बारे सबैभन्दा अधिक सोचेको छ। त्यही विकास कार्यलाई ध्यानमा राखेर नै यस पल्टको लोकसभा चुनाउमा कामता राजवंशी परिषदको तर्फबाट तृणमूललाई समर्थन गर्ने निर्णय लिएको हो। परिषदले यसबारे तृणमूलको राज्य नेतृत्वहरूसित चर्चा गरिसकेको पनि तिनले बताए। राजवंशी क्षेत्रको विकास, राजवंशी संस्कृतिको रक्षा, शिक्षामा सुधार सहित दस सूत्री मांगबारे राज्यका नेताहरूलाई अवगत गराएको कुरा पत्रकारहरूलाई तिनले बताए। कामता राजवंशी परिषदका नेताहरूले तृणमूल सरकारले आफुहरूको मांगलाई अवश्यै पूरा गरिदिनेछ भन्ने आशा व्यक्त गरेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *