कञ्चनजङ्घा ट्रेनबाट 10 करोड़ रुपियाँ मूल्यको सुन जफत, 4 जना पक्राउ

सिलगढी : डीआरआई टीमले अभियान चलाएर  कञ्चनजङ्घा ट्रेनबाट 10 करोड़ रुपियाँ मूल्यको सुन जफत गरेको छ भने घटनामा 4 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा असमको करिमगञ्ज निवासी निर्मलेन्दु पाल(51), सुजोन पाल (31), पिजुश पोद्दार (46) र सुजित दास (45) सामेल छन्। प्राप्त जानकारी अनुसार गता राति 4 जना व्यक्ति कोलकाता जानको लागि असमको करिमगञ्ज रेलवे स्टेशनबाट कञ्चनजङ्घा ट्रेनमा चढेका थिए। गोप्य सूचनाको आधारमा डीआरआई टोलीले एनजेपी रेलवे स्टेशनमा अभियान चलाएर कञ्चनजङ्घा ट्रेनमा जाँच शुरू गरेर सन्देहको आधारमा 4 जना व्यक्तिलाई छानबीन गर्दा तिनीहरूले कम्मरमा लगाएको बेल्टबाट 10 पीस सुनको बिस्कुट उद्धार गरेको बताइएको छ। उक्त सुनको वैध कागजपत्र देखाउन नसकेपछि डीआरआई-ले 4 जना व्यक्तिलाई पक्राउ गर्यो। पक्रा परेका 4 जना व्यक्तिलाई आज सिलगढी अदालतमा पेश गरेपछि अदालतले तिनीहरूलाई 1 दिनको न्यायिक हिरासतमा राख्ने निर्देश दिएको छ। डीआरआई पक्षका वकील रतन बनिकले बताएअनुसार पक्रा परेका 4 जना व्यक्तिले उक्त सुन इन्डो-म्यान्मार बर्डरबाट बङ्ग्लादेशको बाटो हुँदै असम ल्याएपछि विदेशी मार्क हटाउनको लागि उक्त सुनलाई गलाएर स्टिभको आकार बनाएर विशेष कम्मरको बेल्टमा लुकाएर कोलकाता तस्करी गर्न लगिरहेका थिए। तर यसभन्दा अगावै डीआरआई टोलीले तिनीहरूलाई सुनसहित पक्राउ गरेको हो। जफत गरेको सुनको मोठ ओजन लगभग 18 किलो रहेको छ भने यसको अनुमानित बजार मूल्य लगभग 10 करोड़ 60 लाख आँकेको छ। अर्कोतिर, बचाउ पक्षका वकील अखिल विश्वासले बताएअनुसार ती जना व्यक्तिले कोलकातामा पुरानो सुनको गहनालाई नयाँ डिजाइनमा बनाउने उद्देश्यले लगिरहेका थिए। तर डीआरआई-ले तिनीहरूलाई गलत मामिलामा पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *