कानकीको नयाँ नगरस्थित पेट्रोल पम्पमा डकैती

कानकी : उत्तर दिनाजपुर जिल्लाको चाकुलिया थाना अन्तर्गत कानकी नयाँनगरमा एउटा पेट्रोल पम्पमा डकैती भएको घटनाले इलाकामा डरको माहौल सृजना भएको छ। जानकारी अनुसार गत अबेर राति 10-12 जना डकैतहरूले पेट्रोल पम्पमा आएर त्यहाँका दुईजना कर्मचारीलाई कुटपिट गरेर रूपियाँ लुटेर चम्पट कसे। यसभन्दा अघि डकैतहरूले पेट्रोल पम्पको अफिस तोड़फोड़ गर्नको साथै सीसीटीभी उपकरण पनि साथमा लिएर गए। घटनाबारे पुलिसलाई जानकारी दिएपछि घटनास्थलमा पुगेर पुलिसले जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *