कन्या विद्यार्थीहरूलाई साइकल वितरण

कालचिनी: मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले राज्यमा बिद्यार्थीहरूलाई सबुज साथी प्रकल्प अन्तर्गत साइकल प्रदान गर्ने क्रममा आज कालचिनी खण्डको दलसिंहपाड़ास्थित श्रीगणेश स्कूलका 10 जना कन्या छात्राहरुलाई प्रथम चरणमा कालचिनी बीडीओ प्रशान्त बर्मनको हातबाट साइकल प्रदान गरियो। कालचिनी बीडीओ प्रशान्त बर्मनले स्कूलमा केही दिन अघि मात्र कन्याश्री क्लब जयन्तीको कर्नर परिभ्रमण गर्दै छात्राहरुसित सोधखोज गरेर स्कूलका शिक्षकहरुसित वार्तालाप गरेपछि नै आज 10 जना कन्या विद्यार्थीहरूलाई साइकल प्रदान गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *