करम डालीको विसर्जनसँगै आदिवासी नृत्यहरू प्रस्तुत

कालचिनी (निसं): कालचिनी ब्लकको विभिन्न चिया बगान इलाकामा मंगलवार राति करम डाली पूजा धूमधामसित मनाइयो। व्रत बस्ने महिला अनि युवतीहरूले आज बिहान पारन गरेर विधि-विधान अनुसार करम डाली विसर्जन गऱ्यो। गत वर्षहरूमा झै यस वर्ष पनि कालचिनीको डीमा नदीमा आज करम डाली विसर्जनको आयोजना गरिएको थियो। यस अवधि डीमा नदीमा मानिसहरूको अधिक भीड रहेको थियो। सांस्कृतिक कार्यक्रम लगायत सबैलाई धामसा मादलको तालमा आदिवासी नृत्य गरिरहेको देखियो। अर्कोतिर, कालचिनी ब्लकको मधु चिया बगानमा पनि आज करम डाली विसर्जनको आयोजना गरियो। मंगलवार राति मधु चिया बगानमा करम डाली पूजा गरेपछि आज बिहान करम डाली विसर्जन गरियो। मधु चिया बगानमा नदीमा करम विसर्जनको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरियो। सबै आदिवासी समुदायका मानिसहरूले धमसा मादलको तालमा नृत्य गरेको देखियो।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *