कराते च्याम्पियनशिपमा बिन्दु कराते डोजोका खेलाडीहरूको उकृष्ट प्रदर्शन

मालबजार: राज्यका मन्त्री बुलु चिक बराइकको उपस्थितिमा माल बजारको साईलीमा आयोजित कराते च्याम्पियनशिपमा बिन्दु कराते डोजोले उकृष्ट प्रदर्शन गर्न सफल भएको छ। प्राप्त जानकारी अनुसार बिन्दु कराते डोजोले छैटौं आशिहारा कराते खेलमा खेलाडीहरूले 3 स्वर्ण, 2 रजत र 3 कास्यसहित मोठ 8 वटा पदक जित्न सफल भएका छन्। उक्त खेलमा खेलाडीहरू सुश्री लक्ष्मी साह, रोहित तामाङ र धीरेन चाम्लिङ राई प्रत्येकले एक-एक वटा गरेर 3 वटा स्वर्ण पदक, सेन्सी ईशा साह र सिम्सन राईले रजत पदक अनि सुश्री अबिना सुनुवार, सुश्री शारदा शर्मा ठाकुर र स्यामुएल राईले कास्य पदक जितेका छन्।


मोठ 12 जना खेलाडीले सहभागिता रहेको अनि जसमा 8 वटा पदक हासिल गर्नु दोजो कै ऐतिहासिक जीत रहेको बताउँदै बिन्दु कराते परिवारले यस जीतमा खुसी व्यक्त गरेको छ। दोजोको सेन्सी आनन्द सुब्बा, सहित सेन्सी बिनिता सुब्बा र सेन्सी ईशा शाहले मन्त्री बुलु चिक बराइकको बाहुलीबाट एक-एक वटा ट्रफी (स्मृति चिन्ह) ग्रहण गरेर सम्मानित भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *