कराते च्याम्पियनशिपमा स्वर्णपदक जितेर दिल्लीबाट फर्किएका कुचबिहारका दुई छोरीलाई भव्य स्वागत

कुचबिहार: कुचबिहार जिल्लाको दिनहाटा महकुमा अन्तर्गत गाँउका दुईजना छोरीहरू संगीता बर्मन र सुमाइया अख्तर दिल्लीमा सम्पन्न कराते च्याम्पियनशिप प्रतियोगितामा स्वर्ण पदक जितेर आफ्नो घर फर्किएका छन्। तिनीहरूको सफलताले कुचबिहार जिल्लामा खुशीको माहौल छाएको छ। यी दुवै जनाले आगामी दिनमा ओलम्पिक खेलमा अंश ग्रहण गर्ने भएका छन्। दिल्लीबाट गोल्ड मेडल जितेर कुचबिहार फर्किँदा तिनीहरू दुवै जनालाई स्थानीय पञ्चायत सदस्यहरू लगायत विभिन्न मानिसहरूले फूलको माला लगाइदिएर भव्य स्वागत जनाए। संगीता र सुमाइयाको सफलताले तिनीहरूका कोच विक्रमादित्य बर्मन पनि औधी खुशी छन्।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *