करला नदीमा डुबेर नाबालकको मृत्यु

राजगञ्ज : करला नदीमा डुबेर 10 वर्षीय नाबालकको मृत्यु भएको छ। उक्त घटना हिजो साँझ राजगञ्ज विधानसभा अन्तर्गत बारोपार्टिया ग्राम पञ्चायतको गागेलाघाट गाउँमा घटेको हो। मृतक नाबालक राजदीप रायको रूपमा चिन्हित गरिएको छ। घर नजिक रहेको करला नदीबाट उक्त नाबालकको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार गत साँझ राजदीप साथीहरूसित घर नजिकको नदीमा गएका थिए। यस अवधि तिनी नदीमा डुबेपछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई तत्कालै उद्धार गरेर बेलाकोवा ग्रामीण अस्पतालमा लगियो, जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। उक्त घटनापछि इलाकामा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *