कर्मी सभालाई सफल बनाउने उद्देश्यले फुलबारीमा तृणमूल-को प्रस्तुती सभा

राजगञ्ज : 21 जुलाई सहिद दिवसलाई सफल बनाउने उद्देश्य लिएर अलिपुरद्वार र जलपाईगढी जिल्लाको संयुक्त पहलमा आगामी 12 जुलाईको दिन धुपगढीमा कर्मी सभाको आयोजना गरिने भएको छ। यसैले आज फुलबारी तृणमूल कङ्ग्रेस ट्रेड युनियनको सभाकक्षमा जलपाईगढी जिल्ला आईएनटीटीयुसी-का जिल्ला सभापति राजेश लाकडाले एउटा प्रस्तुति सभाको आयोजना गरे। यस विषयमा सभापति राजेश लाकडाले भने, आगामी 12 जुलाईको दिन धुपगढीमा तृणमूल नेता अभिषेक ब्यानर्जीको उपस्थितिमा कर्मी सभाको आयोजना गरिने भएकोले गर्दा नै आज यसलाई लिएर प्रस्तुति सभाको आयोजना गरिएको हो। उक्त सभामा श्रमिक संगठनका धेरैजनाले अंश ग्रहण गर्ने भएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *