कर्ण प्रधान गोरामुमो सौरेनी पानीघट्टा समष्टी अध्यक्ष चयन

सिलगढ़ी: तराईको च्याँगा बस्तीमा सम्पन्न गोरामुमो सौरेनी-पानीघट्टा समष्टीको सभामा सर्वसम्मतिद्वारा तराई गोरामुमो पार्टीका बरिष्ठ नेता कर्ण प्रधानलाई पार्टीको समष्टी अध्यक्ष चयन गरेको छ। स्मरण रहोस् गत 30 नोभेम्बर 2019 को दिन नवराज छेत्रीलाई गोरामुमो पार्टी र पदबाट निष्कासित गरेपछि उक्त रिक्त पदमा कर्ण प्रधानलाई नियुक्त गरिएको गोरामुमो पार्टी सूत्रले जनाएको छ। उक्त सांगठनिक सभामा गोरामुमो केन्द्रीय नेता सचित गहतराज, जेबी लिम्बु, थेबा तामाङ, मिरिक शाखाका सदस्यहरु प्रदिप छेत्री, कर्ण प्रधान, जीवन ताँती, ज्ञानबहादुर दाहाल,दिपेन लोहार लगायत समष्टी सदस्यहरु र तराईको बाह्रैवटा शाखाका प्रतिनिधीहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *