कर्णाटकमा काङ्ग्रेसको जीतमा गोरामुमो अध्यक्ष मन घिसिङद्वारा बधाई अनि शुभकामना

दार्जिलिङ (निसं): कर्णाटक राज्यको विधानसभा चुनाउमा काङ्ग्रेस पार्टीले जीत हासिल गरेकोमा गोरामुमो अध्यक्ष मन घिसिङले बधाई अनि शुभकामना दिएका छन्। घिसिङले प्रेस बिज्ञप्ति जारी गरेर बताए अनुसार कर्णाटक राज्यको विधान सभा चुनाउको नतिजा प्राप्त भएपछि काङ्ग्रेस पार्टीले पूर्ण बहुमत प्राप्त गरेकोमा काङ्ग्रेस पार्टीलाई बधाई अनि शुभकामना व्यक्त गरेका छन्। काङ्ग्रेस पार्टीका शीर्ष नेतृत्ववर्ग एवं सम्पूर्ण कार्यकर्ताहरुको अथक प्रयासको कारण काङ्ग्रेस पार्टी विजय बनेको छ, यसको निम्ति म सम्पूर्ण काङ्ग्रेस पार्टीका शीर्ष नेतृत्ववर्ग अनि कार्यकर्तालाई पनि बधाई अनि शुभकामना व्यक्त गर्न चाहन्छु भनी बताएका छन्। कर्णाटक राज्यमा सुख, शान्ति समृद्धि अनि बिकासले तीव्रता ल्याउने छ भनी जारी विज्ञप्तिमा मन घिसिङले विश्वास व्यक्त जाहेर गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *