करतोआ नदीको पुलमा फाँटो देखापरेपछि वाहनहरूको चलाचल बन्द

राजगञ्ज : गजलडोबा जाने बाटोमा करतोआ नदीको पुलमा फाँटो देखापरेपछि वाहनहरूको चलाचल बन्द गरिएको छ। फुलबारीबाट गजलडोबा जाने बाटो टिस्टा ब्यारेज नजिक शिमुलबारी संलग्न इलाकाको करतोआ नदीको पुलको बिममा फाँटो देखापरेपछि प्रशासनको तर्फबाट साहुडाङ्गी रेलवे ओभरब्रिजबाट वाहनहरूको चलाचल बन्द गरिदिएको छ। प्रशासनिक सूत्रले दिएको जानकारी अनुसार पुलको अवस्था अतिनै दयनीय रहेको छ। पुलको बीममा फाँटो देखापरेपछि वाहनहरूको चलाचल बन्द गरिदिएको छ। यसको मरमति नभएसम्म वाहनहरूको चलाचल बन्द गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *