करुणामयी घटनाको प्रतिवादमा भाजपा-को विरोध प्रदर्शनलाई लिएर सिलगढीमा तनाउ, केही हिरासतमा 

सिलगढी : करुणामयीमा टेट पास नोकरी प्रार्थीहरूको आन्दोलनलाई अनैतिक रूपमा हटाउने घटनाको प्रतिवादमा भाजपाले सिलगढीमा विरोध प्रदर्शन गर्यो। भाजपाको यस विरोधलाई लिएर सिलगढीमा तनाउको माहौल देखापर्यो। यसको साथै उक्त घटनामा पुलिसले केही मानिसहरूलाई हिरासतमा लिएको बताइएको छ। भाजपा सिलगढी सांगठनिक जिल्ला कमिटीले आज सिलगढीको हिलकार्ट रोडमा विरोध र्‍याली निकालेपछि भाजपा कार्यकर्ता तथा समर्थकहरूले हाशमी चौकमा पथावरोध गरेर विरोध प्रदर्शन गर्यो। प्रदर्शनकारीहरूलाई हटाउनको लागि विशाल पुलिस वाहिनी सड़कमा उतारेपछि पुलिस तथा प्रदर्शनकारीहरूबीच विवाद शुरू भयो। अन्ततः स्थितिलाई नियन्त्रणमा ल्याउनको लागि पुलिसले केही भाजपा समर्थकहरूलाई हिरासतमा लिएको छ, जसमा केही महिला समर्थकहरू पनि सामेल रहेको बताइएको छ। यस सम्बन्धमा सिलगढीका विधायक शंकर घोषले भने, करूणामयी घटनाको विरोधमा भाजपा-ले राज्यभरिमै विरोध प्रदर्शन गरिरहेको छ। यसैले सिलगढीमा पनि भाजपा कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्यो। तर पुलिस तृणमूल पार्टीको गुलाम बनेको तिनले आरोप लगाए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *