काश्मिर कोलनी इलाकामा अवैध निर्माणविरुद्ध रेलवे पुलिसको अभियान

सिलगढी : रेलवेको जमिनमा दखल गरेर बनाइएको केही अस्थायी दोकान तथा घरहरू विरुद्ध रेलवे पुलिसले आज अभियान चलाएको छ। रेलवे पुलिसले काश्मिर कोलनी इलाकामा अवैध निर्माणविरुद्ध अभियान चलाएर केही दोकान तथा घरहरू भत्काइदिएको छ। स्मरण रहोस्, रेलवे पुलिसले गत बुधबार एनजेपी स्टेशन संलग्न इलाकामा रहेको अवैध निर्माणहरू भत्काइदिएको थियो। आज फेरि रेलवे अधिकारीहरूले आरपीएफको साथमा मिलेर काश्मिर कोलनी इलाकालाई अतिक्रमण मुक्त गराएको छ। रेलवे पुलिसको उक्त अभियानको स्थानीय मानिसहरूले विरोध गर्दै कुनै पूर्व सूचना बिनै यहाँको दोकान तथा घरहरू भत्काइदिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *