काटिएको हात र घाइते अवस्थामा रोगीलाई लगियो अस्पताल, कुकुरले लग्यो काटेको हात

सिलगढी : सिलगढी संलग्न गोरा मोड इलाकामा सडक दुर्घटनामा सिलगढीको 20 नम्बर वार्डको दुर्गादास कोलनी निवासी सञ्जय सरकार गम्भीर रूपमा घाइते भएका छन्। दुर्घटनामा तिनको एउटा हात काटिएको छ। घटनापछि परिवारका सदस्यहरूले गम्भीर घाइते सञ्जय सरकार र काटेको हात लिएर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगेपछि तिनको उपचार शुरू गरियो। परिवारको आरोप अनुसार केही समयपछि वार्डबाट तिनको काटेको हात हरायो। यसपछि एउटा कुकुरले उक्त काटेको हात मुखमा च्यापेर अस्पताल परिसरमा घुमफिर गरिरहेको तिनीहरूले देखे। उक्त घटनाले गर्दा अस्पतालमा परिसरमा हो-हल्ला मच्चियो। परिवारका सदस्यहरूले बताएअनुसार दुर्घटनामा परेर सञ्जय सरकारको काटेको हात जोड्ने आशामा अस्पतालमा लगिएको थियो। तर कुकुरले उक्त हात मुखमा च्यापेर अस्पताल परिसरमा घुमिरहेको थियो। यसबारे अस्पताल कर्तृपक्षलाई जानकारी गराउँदा उल्टै काटेको हात परिवारका सदस्यहरूले आफूसित नराखेर किन रोगीको साथमै राखेको थियो भनेर प्रश्न गरेको बताइएको छ। यसपछि रोगीको परिवारका सदस्यहरूले क्षोभ प्रकट गरे। अर्कोतिर, यसबारे जानकारी पाएपछि बाङ्ग्ला पक्ष उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पुगेर विक्षोभ प्रदर्शन गर्नको साथै घटनाको दोषीलाई सजाय दिइनुपर्ने माग पनि गरे। यस सम्बन्धमा मेडिकल कर्तपक्षले अभियोगको जाँच गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *