कथाकार फानुस सादाको कथा सङ्ग्रह ‘एली’ लोकार्पण

कालेबुङ: कालेबुङको 9 माइलस्थित वर्शिप सेन्टरमा आज एउटा कार्यक्रमबीच साहित्यकार फानुस सादाको कथा सङ्ग्रह ‘एली’-को उपस्थित मुख्य अतिथि अनि विशिष्ट अतिथिहरूका बाहुलीबाट लोकार्पण गरियो। डा. राजेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि सिक्किम साहित्य परिषदका अध्यक्ष प्रा. रुद्र पौड्याल तथा विशिष्ट अतिथिहरू आयकर आयुक्त मिलन रुचाल, विधायक रुदेन सादा लेप्चा, नेपाली साहित्य अध्ययन समिति कालेबुङका अध्यक्ष ज्ञान सुतार लगायत साहित्यप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख वक्ता प्रा. कुमार छेत्रीले फानुस सादाकृत कथा सङ्ग्रह एली-बारे प्रकाश पारे भने कथा सङ्ग्रहमा 15 वटा कथा रहेको तिनले बताए। बुक आन्टद्वारा प्रकाशित यस सङ्ग्रहमा विशेष बेरोजगार रहेका पिंढीलाई प्रोत्साहन दिलाउने किसिमका कथाहरू धेरै रहेको कथाकार फानुस सादाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *