कथाकार सन्ध्या आचार्य शशिप्रभा पुरस्कारले सम्मानित

खरसाङ (निसं) : प्रथम शशिप्रभा पुरस्कारले पुरस्कृत कथाकार सन्ध्या आचार्यलाई सिटोङको तितस लेप्चा स्मृति पुस्तकालय सञ्चालन समितिले सम्मान जनाएको छ। सिटोङ एक डायरी गाउँस्थित तितस लेप्चा स्मृति पुस्तकालय भवनमा आयोजित उक्त संवर्द्धना कार्यक्रममा सञ्चालन समिति अध्यक्ष बिनीता छेत्रीको बाहुलीबाट स्मृति चिन्ह प्रदान गरिएको थियो। कार्यक्रममा वरिष्ठ सदस्य एवम् सल्लाहकार युनस लेप्चा, सन्ध्या आचार्य अनि बिनीता छेत्रीले वक्तव्य राखेका थिए। सचिव भूमिका लेप्चाद्वारा सञ्चालित कार्यक्रममा पुस्तकालय सञ्चालन समितिका सदस्यहरूको उपस्थिति रहेको थियो भनी जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *