काठको बक्साभित्र भेट्टाइयो शिशुको शव

इस्लामपुर : उत्तर दिनाजपुर जिल्लाको ग्वालपोखर थाना अन्तर्गत पर्ने मालकुन्डा इलाकामा एउटा काठको बक्साभित्र शिशुको शव उद्धार भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान स्थानीय मानिसहरूले मालकुन्डा इलाकाको राजकीय सड़कमा एउटा काठको बक्सा देखेपछि तिनीहरूले उक्त बक्सा खोलेर हेर्दा त्यसभित्र एउटा शिशुको शव देखे। तिनीहरूले घटनाबारे पुलिसलाई जानकारी दिएपछि पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *