कठोर सुरक्षा व्यवस्थाबीच आजदेखि माध्यमिक परीक्षा शुरू

सिलगढी : आजदेखि माध्यमिक परीक्षा शुरू भयो भने आगामी 27 फरवरीसम्म परीक्षा चल्नेछ। पश्चिम बंगाल माध्यमिक परिषद सूत्रले दिएको जानकारीअनुसार यस वर्ष 10 लाख 15 हजार 9 सय 99 जना विद्यार्थीहरूले माध्यामिक परीक्षा दिइरहेका छन् भने गत वर्षको तुलनामा यस वर्ष माध्यमिक परीक्षार्थीहरूको संख्या कम्ती रहेको बताइएको छ। जसमध्ये 4 लाख 39 हजार 8 सय 79 छात्रहरू अनि 5 लाख 76 हजार 9 सय छात्राहरूले माध्यमिक परीक्षा दिइरहेका छन्। प्रत्येक माध्यमिक परीक्षा केन्द्रमा कठोर सुरक्षा व्यवस्था अप्नाएको छ भने परीक्षा केन्द्रमा शिक्षक-शिक्षिकाहरूलाई पनि मोबाइलको प्रयोग गर्नमा निषेध गरिएको छ। यसको साथै परीक्षार्थीहरूलाई मोबाइल, डिजीटल घडी आदि सामाग्री परीक्षा केन्द्रभित्र लान निषेध गरिएको छ। यसबाहेक 6 वटा जिल्लाको 42 वटा ब्लकमा इन्टरनेट परिसेवा बन्द गर्ने निर्देश दिएको छ। परीक्षार्थीहरूलाई यातायातमा कुनै असुविधा नहोस् भन्ने उद्देश्य लिएर ट्राफिक विभागलाई अघिबाटै सक्रिय रहने निर्देश दिएको साथै विशेष कन्ट्रोल रूमको व्यवस्था गरेको बताइएको छ। यसको साथै यातायातको लागि उत्तरबंग राष्ट्रिय परिवहन संस्थाले परीक्षार्थीहरूलाई यातायातको विशेष व्यवस्था गरेको छ। पश्चिमबंग माध्यमिक परिषद्का अधिकारीले बताएअनुसार माध्यमिक परीक्षा सुचारू रूपमा सम्पन्न होस् भन्ने उद्देश्य लिएर पुलिस एवम् प्रशासनलाई तत्पर रहने निर्देश दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerbettilt girişcasibomGrandpashabetmatbet girişmatbet girişpusulabet girişcasibom girişcasibom girişVDCasinonesinecasinoromabetromabetgameofbetradissonbetpalacebetbetbeywbahiscratosroyalbetbetpuanjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinowbahis girişcasibomjojobetgrandpashabetholiganbetmatbetjojobetbetciosekabetjojobetmarsbahisgrandpashabetbetciopusulabetholiganbetgrandpashabetdeneme bonusu veren sitelerdinamobetŞans Casinocasibomjojobet dinamobet güncel adresazhar-itay.com grandpashabetgrandpashabetpusulabetbetwooncasibomjojobet Built with ❤︎ by appycodes