कठोर सुरक्षा व्यवस्थाबीच आजदेखि उच्च माध्यमिक शुरू

सिलगढी : उच्च माध्यमिक परीक्षा आजदेखि शुरू भयो। कोरोना महामारीपछि परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउँदा विद्यार्थीहरू निक्कै खुसी देखियो। यस वर्ष दार्जिलिङ जिल्ला समतलमा उच्च माध्यमिक परीक्षा दिने परीक्षार्थीहरूको मोठ संख्या 15,201 छ। तीमध्ये छात्रको संख्या 6,032 र छात्राहरूको संख्या 9,169 रहेको छ। मोठ 39 वटा परीक्षा केन्द्र रहेको छ भने 2 वटा संवेदनशील केन्द्र छ। सबै परीक्षा केन्द्रहरूमा पुलिस तैनाथ गरिएको छ। परीक्षार्थीहरूले नियमानुसार परीक्षा दिइरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *