काठ तस्करी गरेको आरोपमा दुईजना पक्राउ

गयरकाटा:  गयरकाटाको मराघाट रेञ्जका वनकर्मीहरूले जङ्गलबाट काठ तस्करी गरेको आरोपमा 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी जिल्ला अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार गत राति मराघाट रेञ्जका एसीएफ विपाशा पारूल र रेञ्जर राज कुमार पाल मराघाट रेञ्जको खुट्टीमारी बिटका सीजेएम 3 कम्पार्टमेन्टमा रूटिन टहलदारीमा गएको समय जङ्गलभित्रबाट रुख काटेको आवाज सुने। यसपछि  वन कर्मीहरूको सहयोगमा तत्कालै छानबीन शुरू गरेर 2 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार मोठ 25 जनाको काठ तस्करका टोलीले जङ्गलमा रुख काटिरहेको समय थाहा पाएपछि वन कर्मीहरूले ज्योतिप्रकाश मिन्ज र महेन्द्र एक्का नाम गरेको दुईजना व्यक्तिलाई पक्राउ गरेपछि गत राति नै बानरहाट थानामा पठाएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *