कटिहार डिभिजनका डीआरएम-द्वारा एनजेपी स्टेसनको निरीक्षण

सिलगढी : उत्तर-पूर्व रेलवेको कटिहार डिभिजनका नव नियुक्त डीआरएम शुभेन्दु कुमार चौधुरीले आज एनजेपी स्टेसनको बुनियादी ढाँचाको निरीक्षण गरे। आज तिनी कटिहारबाट सोझै एनजेपी आइपुगे। स्वतन्त्रता दिवसभन्दा अगावै रेलवे सुरक्षा व्यवस्थाबारे निरीक्षण गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले एनजेपी स्टेसनको सुरक्षा व्यवस्था एवम् बुनियादी ढाँचाको निरीक्षण गरेको बताउँदै 15 अगस्तको उपलक्ष्यमा कटिहार डिभिजन अन्तर्गत विभिन्न स्टेसनहरूमा विशेष नजरदारी राख्ने जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *