कटिहारमा मेयरको हत्या गर्ने आरोपी सिलगढीबाट पक्राउ

सिलगढी : कटिहारमा मेयरलाई गोली हानेर हत्या गर्ने नाइकेलाई सिलगढीबाट पक्राउ गरिएको छ। स्मरण रहोस्, गत 29 जुलाईमा कटिहारका मेयर शिवराज पासवानलाई तिनकै घर अघि गोली ठोकेर हत्या गरिएको थियो। घटनाको जाँचमा जुटेका कटिहार सदर थाना पुलिसले उक्त मामिलामा 12 जना दुष्कृतिहरू सामेल रहेको थाहा पाएपछि तीमध्ये 4 जनालाई अगावै पक्राउ गर्नको साथै पिस्तोल र बाइक पनि उद्धार गरेको बताइएको छ। तथापि, घटनाको मुख्य आरोपी साकेत शुभम बिहारबाट भागेर सिलगढीमा आएका थिए। गत राति बिहार पुलिसले सिलगढी पुलिस कमिश्नरेटको सहयोगमा 26 नम्बर वार्डबाट आरोपी साकेतलाई पक्राउ गरेको छ। आरोपी साकेत त्यहाँ आफन्ताको घरमा लुकेर बसेका थिए। पक्रा परेका आरोपी साकेतलाई आज सिलगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा लिएर कटिहार लगिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *