कवयित्री जुनु राई ‘दुमी’-को निधन

मिरिक : अस्सीको दशकमा एउटी सशक्त लेखिकाको रूपमा देखा परेकी जुनु राई दुमी अब रहेनन्। धेरै समय अघिदेखि तिनी बिरामी अवस्थामा थिए भने आज हृदयघातको कारण तिनको निधन भएको छ। तिनको निधनको खबरले मिरिकको साहित्यिक माहौलमा शोकको लहर छाएको छ। जुनु राई दुमीले अस्सीको दशकमा उत्कृष्ट काव्यहरू लेखेर धेरैवटा समसामयिक पत्र-पत्रिकाहरूमा प्रकाशित गरिसकेकी छन्। तिनको निधनले नेपाली साहित्य जगतले एकजना दक्ष कवयित्री गुमाएको छ। तिनको निधनमा कवि साहित्यकार रोशन राई आदित्यले श्रद्धाञ्जलि अर्पण गरेका छन् भने साहित्य सुनौं परिवार मिरिकको पक्षमा कवि मदन ओझा, सचिव श्रीमती शीला लामाले शोक प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *