कवि अगमसिहं गिरीको 95औँ जन्मदिन खरसाङमा पालन

खरसाङ : गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा जातीय कवि अगमसिंह गिरीको 95औँ जन्म जयन्ती कार्यक्रम खरसाङमा सम्पन्न भयो। उक्त कार्यक्रम पुस्ताकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो। खरसाङको पंखाबारी रोडस्थित जातीय विभुति उद्यानमा रहेको कवि गिरीको सालिगमा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूको बाहुलीबाट धुप दिप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरेपछि थालिएको कार्यक्रममा स्वागत सम्भाषण पुस्तकालयको सचिव विनोद रसाईलीले राखेका थिए। कार्यक्रममा जातीय कवि अगमसिंह गिरीको विषयमा वार्ता साहित्यकार ऋषि राईले राखे भने कार्यक्रमलाई विनोद रसाईली र रचना अनाकरद्वारा सञ्चालन गरिएको थियो। यस कार्यक्रममा जातीय कवि अगमसिंह गिरीद्वारा रचित कविताहरू विद्यार्थीहरुले वाचन गरे। यस क्रममा विद्यार्थीहरू बन्दिता तामाङ, ऋतिहाङ राई, आस्थाश्री प्रधानले कवि गिरीका कविताहरू वाचन गरे।


 

त्यसरी नै रचयिता छेत्री, नितेस राई, देवराज मुखिया, दिल थापा, दिपक ठटाल जलन’, प्रदीप शेर्पा, बालकृष्ण थामी आदिले कविता तथा गजल वाचन गरे। कवि गिरीका कविताहरू वाचन गर्ने विद्यार्थीहरू लगायत कवि नितेस राई र रचयिता छेत्रीलाई गोर्खा जनपुस्तकालयको पक्षमा खदार्पण र सम्मान पत्रहरू प्रदान गरी सम्मान जनाइयो। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान, बिनोद प्रकाश शर्मा, जीबी बल, तुलसीप्रसाद अधिकारी, बिष्णु ठकुरी लगायत अन्यहरू उपस्थित थिए। आजको 95 औं जातीय कवि अगमसिहं गिरी जयन्ती कार्यक्रम विषयमा गोर्खा जनपुस्ताकालयका सचिव विनोद रसाईलीले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *