कवि मदन ओझालाई डीके श्रेष्ठ स्मृति साहित्यिक पुरस्कार प्रदान

सुकेपोखरी: भारतीय नेपाली साहित्यका मूर्धन्य कवि मदन ओझालाई पाँचौ डीके श्रेष्ठ स्मृति साहित्यिक पुरस्कार प्रदान गरियो। स्रष्टा परिवार नागरी फार्मको तत्वावधानमा तथा श्रेष्ठ परिवारको प्रायोजनमा राङभाङ तावाकोशी पर्यटन केन्द्र नजिक सुनाखरी होमस्टे परिसरमा एसके बान्तावाको अध्यक्षतामा सम्पन्न एउटा कार्यक्रममा उक्त पुरस्कार प्रदान गरियो। साहित्यिक कार्यक्रमबीच कवि मदन ओझालाई अङ्ग बस्त्र, स्मृति चिन्ह,सम्वर्द्धना पत्र साथै 25 हजार रूपियाँ प्रदान गरियो। मिलन राई ‘थिसमोसिस’-ले सञ्चालन गरेको कार्यक्रममा राजबहादुर राई, साहित्यकार अर्जुन प्रधान, अमर दुङमाली, डा. राजकुमार छेत्री, अजम प्रधान, मैतराज राणा, रञ्जित गुरुङ, सृजना सुब्बा, पीआर. सुब्बा, विष्णु कुमार बराईली, शर्मिला प्रधान, अमिर सुब्बा, पीके प्रधान,भूपाल सुब्बा, ध्रुव चौहान, बिमला जोशी आदिको उपस्थिति रहेको थियो। यस अवसरमा प्राध्यापक डा. राजकुमार छेत्री र भूपाल सुब्बालाई सम्मानित गरियो । कार्यक्रममा उपस्थित कविहरूले आ-आफ्ना कविता वाचन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *