कावाखालीमा सडक दुर्घटनामा 2 जना घाइते

सिलगढी : कावाखालीमा एउटा बाइक र साइकल ठोक्किँदा 2 जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज बिहान कावाखालीमा एउटा बाइक र साइकल आपस्तमा ठोक्किँदा बाइक र साइकलमा सवार 2 जना घाइते भएको बताइएको छ। घाइते बाइक आरोपी सिलगढीको देशबन्धुपाडा निवासी हुन् भने साइकल आरोहीको हालसम्म परिचय जुटाउन सकिएको छैन। घटनापछि घाइतेहरूलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घाइते दुवैले मदपान गरेको अवस्थामा रहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *