कावाखाली ट्राफिक आउटपोस्टको पहलमा ‘उत्सर्ग’ रक्तदान शिविरको आयोजना

सिलगढी : कावाखाली ट्राफिक आउटपोस्टको पहलमा आज उत्सर्ग रक्तदान शिविरको आयोजना गरियो। रगतको संकट दूर गर्ने उद्देश्य लिएर मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश अनुसार राज्यको प्रत्येक थानामा उत्सर्ग रक्तदान शिविरको आयोजना गर्दै आइरहेको छ। यसै क्रममा आज शनिबार कावाखाली आउटपोस्टमा उत्सर्ग रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा पुलिस कर्मीहरू लगायत साधारण मानिसहरूले रक्तदान गरे भने शिविरमा मोठ 60 युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। यस अवसरमा कावाखाली ट्राफिक आउटपोस्टका ओसी राजीब गुह पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *