केही क्षणमै सिलगढीमा ममताको रोड शो, कठोर सुरक्षा व्यवस्था

सिलगढी : तृणमूल कङ्ग्रेसको आयोजनामा आज सिलगढीमा एउटा विराट रोड शो-को आयोजना गरिने भएको छ। उक्त रोड शो-मा अंश ग्रहण गर्नको लागि तृणमूल नेत्री ममता ब्यानर्जी हिजो साँझमै सिलगढी आइपुगिसकेकी छन्। पेट्रोलियम पदार्थहरू तथा एलपीजी ग्यासको लगातार बढ्दो मूल्य वृद्धिको प्रतिवादमा आज अपरान्ह ठिक 1 बजी दार्जिलिङ मोडदेखि एउटा विराट रोड शो ममता ब्यानर्जीको उपस्थितिमा गरिने भएको छ। उक्त रोड शो-मा तृणमूल कङ्ग्रेसका विभिन्न भ्रातृ संगठनका सदस्यहरू धेरै संख्यामा भेला हुने भएकोले गर्दा नै आज उक्त कार्यक्रम सम्पन्न हुन अघि सिलगढी सहरको विभिन्न ठाउँहरूमा कठोर सुरक्षा व्यवस्था गरिएको छ भने विभिन्न ठाउँहरूको सडकको दुवैतिर पुलिसका जवानहरू खटाइएको छ।


यसको साथै सिलगढी सहरमा प्रवेश गर्ने वाहनहरूलाई पनि सहरमा पस्न निषेध गरेर अर्कै रूट भएर जाने-आउने अनुमति दिइएको छ। यसैले गर्दा विशेष गरेर अति आवश्यक कामले गर्दा बजार क्षेत्र परिसरमा आउजाउ गर्ने मानिसहरूले धेरै समस्याको सामना गर्न परेको देखियो। अधिकतर मानिसहरू वाहन तथा टोटो नचलेपछि पैदलै हिँड्न बाध्य बन्यो भने कतिपय मानिसहरू अन्य मार्ग भएर आवात जावत गरेको पनि देखियो। पार्टी सूत्रले दिएको जानकारीअनुसार सिलगढी सहरमा रोड शो परिक्रमा गरिनअघि मल्लागढीमा तृणमूल नेत्री ममता ब्यानर्जीले आफ्नो समर्थकहरूलाई छोटो सम्बोधन गर्नेछिन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *