केही क्षण परेको पानीले सिलगढीको अशोक नगर जलमग्न

सिलगढी : केही क्षण परेको पानीले गर्दा सिलगढीको अशोक नगर इलाका जलमग्न भएको छ। यस वर्ष पनि वर्षाको समयमा समस्याको सामना गर्नुपर्ने स्थानीय मानिसहरूले बताए। प्रत्येक वर्ष वर्षाको समयमा सिलगढी नगरनिगमको 31 नम्बर वार्ड अन्तर्गत अशोकनगर इलाका जलमग्न हुने गर्दछ। उक्त इलाका होँचो भएकोले गर्दा नै वर्षाको समयमा यहाँ पानी जम्ने गरेको नगरनिगमले दावी गरेको छ। यसैले सिलगढी नगरनिगमले उक्त इलाकाको समस्या समाधान गर्नको लागि विविध पहल शुरू गरेको छ। यसको काम तीव्र गतिमा सुरु भएको छ। तर परियोजनाको कार्य समाप्त नभएकोले गर्दा यस वर्ष वर्षाको समयमा समस्याको सामना गर्नुपर्ने इलाकावासीहरूले बताए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *