केन्द्रको बजटको विरोधमा अल ट्रेड युनियन एन्ड फेडरेसन-द्वारा सिलगढीमा विरोध प्रदर्शन

सिलगढी : केन्द्रको बजट पूर्ण रूपमा जन विरोधी रहेको छ। केवल कर्पोरेट सेक्टरहरूलाई मात्र सुविधा प्रदान गर्नको लागि उक्त बजट रहेको छ। उक्त बजटले गरिबहरूलाई कुनै प्रकारको सुविधा उपलब्ध गराएको छैन। यस प्रकारको अभियोग लगाउँदै अल ट्रेड युनियन एन्ड फेडरेसन दार्जिलिङ जिल्ला कमिटीले आज केन्द्रको बजटको विरोधमा आन्दोलन शुरू गरेको छ। संगठनको तर्फबाट आज सिलगढीको हासमी चोकमा विक्षोभ कार्यक्रमको आयोजना गरिएको छ। यस अवधि संगठनका सदस्यहरूले केन्द्रको बजटको विरोध जनाए। संगठनको तर्फबाट सीपीएम-का जिल्ला सचिव समन पाठकले भने, यो अमृतकाल बजट नभएर विषकाल बजट हो। यो बजटले केवल धनी मानिसहरूलाई मात्र सुविधा उपलब्ध गराउनेछ। केन्द्रको उक्त बजटको विरोधमा आफूहरूद्वारा लगातार आन्दोलन गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *