केन्द्रको जनविरोधी नीति, सीएए र एनआरसी-को विरोधमा र्‍याली

सिलगढी :  केन्द्र सरकारको राष्ट्रिय शिक्षानीति, जनविरोधी नीति एवम् संविधान विरोधी कानुन सीएए, एनआरसी-को विरोधलगायत पाँच सूत्रीय मागलाई लिएर शिक्षक ऐक्य मुक्त मञ्चको समन्वय समितिले आज सिलगढी सहरमा एउटा र्‍याली निकालिइयो। उक्त र्‍याली सिलगढीको एयरभ्यु मोडबाट शुरू गरेर हिलकार्ट रोड हुँदै भेनस मोडमा पुगेर केही समयसम्म पथ अवरोध गरे।


यसपछि उक्त र्‍याली सिलगढी महकुमा कार्यालय परिसरमा पुगेर समापन भएपछि समितिको एउटा प्रतिनिधि टोलीले सभाधिपतिसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाए। समितिका राज्य सचिव मयीदुल इस्लामले बताएअनुसार आफूहरूले मुख्यतः सीएए अनि एनआरसीको विरोध जनाउँदै सडकमा ओर्लिएको साथै लाखौँ शिक्षक-शिक्षिकाहरूको नोकरीको उज्ज्वल भविष्य नरहेकोले गर्दा नै आफूहरूले केन्द्र सरकारको नीतिको विरोध जनाएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *