केन्द्रको योजनाहरूबारे मानिसहरूलाई अवगत गराउन शिविरको आयोजना गरिने

सिलगढी : प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा घोषित जनहितकारी विभिन्न सरकारी योजनाहरूको सन्दर्भमा वार्डवासीहरूलाई अवगत गराउने उद्देश्य लिएर आगामी 16 जनवरीको दिन सिलगढी नगरनिगम अन्तर्गत पर्ने आठ नम्बर वार्ड कमिटीको तर्फबाट एउटा शिविरको आयोजना गरिने भएको छ। वार्ड पार्षद खुशबु मित्तलले दिएको जानकारीअनुसार केन्द्र सरकारद्वारा प्रदान गरिएको योजनाहरूको साधारण मानिस एवम् वार्डवासीहरूले लाभ उठाउन सकोस् भन्ने उद्देश्य लिएर तेस्रोपल्ट उक्त शिविरको आयोजना सिलगढीको नेहरू रोडमा गरिने भएको छ। आगामी 16 जनवरीको दिन बिहान 11 बजी उक्त शिविर शुरू भएर अपरान्ह तीन बजीसम्म चल्नेछ।


 


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.