केन्द्रले निःशुल्क भ्याक्सिन उपलब्ध गराए तापनि राज्य सरकारले भ्रष्टाचार गरिहेको छ : सायन्तन बसु

सिलगढी : भाजपाका राज्य महासचिव सायन्तन बसुले पार्टीका कार्यकर्ताहरूसित सिलगढीमा आज एउटा महत्वपूर्ण बैठक गरे। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले कोरोना भ्याक्सिनलाई लिएर राज्य सरकारको खोइरो खने। टीकाकरण गर्नको लागि केन्द्र सरकारले मानिसहरूलाई निःशुल्क रूपमा कोरोनाको खोप उपलब्ध गराइरहेको छ भने तृणमूल र कङ्ग्रेस पार्टीले कोरोना भ्याक्सिनलाई लिएर हजारौँ करोडौँ रुपियाँको भ्रष्टाचार गरिरहेको तिनले आरोप लगाए। यसको साथै तिनले मुख्यमन्त्री ममता ब्यानर्जीको दिल्ली भ्रमणलाई लिएर कटाक्ष कस्दै भने, मुख्यमन्त्री दिल्ली जानुहोस्। लालकिल्ला, पुरानो किल्ला, कुतुबमिनार राम्ररी घुमेर आउनुहोस्, तपाईँलाई राम्रो लाग्नेछ। दिल्लीमा वर्षाको आनन्द उठाउनुहोस्। 42 वटा आसनलाई लिएर यदि कोही प्रधानमन्त्री हुन सक्छ भने कोही पनि मङ्गल ग्रहको चेयरम्यान हुनसक्छ। सपना देख्नु राम्रो हो भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *