केन्द्र र राज्य विरूद्ध सिलगढीमा सीपीआई दार्जिलिङ जिल्ला परिषदले निकाल्यो रेली

सिलगढी (निसं): केन्द्र अनि राज्यको सत्तारूढ पार्टी विरूद्ध विभिन्न आरोप लगाउँदै आज सीपीआई दार्जिलिङ जिल्ला परिषद आन्दोलनमा ओर्लियो। सीपीआई राज्य सचिव स्वपन ब्यानर्जीको नेतृत्वमा आज दार्जिलिङ जिल्ला सीपीआई-को तर्फबाट सिलगढीको महात्मा गाँधी चौकबाट एउटा विरोध रेली निकाल्यो। उक्त रेलीमा सीपीआई कार्यकर्ता साथै समर्थकहरूको उपस्थिति रहेको थियो। उक्त रेली महात्मा गाँधी चौकबाट शुरू भएपछि सहरको हिलकार्ड रोड, हाशमी चौक हुँदै अन्तमा नेताजी मोडमा पुगेर समाप्त भयो। यसपछि त्यहाँ एउटा सभाको आयोजना गरियो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *