केन्द्र सरकारविरुद्ध विविध आरोप लगाउँदै महिला तृणमूल-द्वारा सिलगढीमा प्रतिवाद र्‍याली

सिलगढी : केन्द्र सरकारविरुद्ध वञ्चित गरेको आरोप लगायत विविध मागलाई लिएर दार्जिलिङ जिल्ला महिला तृणमूलद्वारा आज सिलगढीमा प्रतिवाद र्‍याली निकालिइयो। केही दिन अघि दैनिक प्रयोजनीय सर-समानको मूल्य वृद्धिको प्रतिवाद लगायत बङ्गालले पाउनुपर्ने रुपियाँको माग गर्दै महिला तृणमूल कङ्ग्रेसले केन्द्र सरकारविरुद्ध कोलकातापछि सिलगढीमा 32 घण्टा धरना प्रदर्शन गरेको थियो। उक्त धरना प्रदर्शनमा चन्द्रिमा भट्टाचार्य, शशि पान्जा लगायत अन्य नेतृत्वहरू उपस्थित थिए। यसपल्ट दार्जिलिङ जिल्ला महिला तृणमूल कङ्ग्रेसले केन्द्र सरकारविरुद्ध विविध नाराबाजी लगाउँदै प्रतिवाद र्‍याली निकाल्यो। आज साँझ सिलगढीको सेभोक मोड संलग्न पार्टी कार्यालय अघिबाट एउटा प्रतिवाद र्‍याली निकालेर सहरको मुख्य सडकहरूको परिक्रमा गरेपछि कञ्चनजङ्घा स्टेडियमअघि पुगेर समापन गरियो। आजको र्‍यालीमा तृणमूल दार्जिलिङ जिल्ला सभानेत्री पापिया घोष, मिली सिन्हा लगायत अन्य नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *