केन्द्र सरकारको विभिन्न नीतिहरूविरुद्ध तृणमूलद्वारा विरोध समावेश

सिलगढी : रेलवे सहित विभिन्न परिसेवाहरूलाई नीजिकरण गर्ने विरुद्ध, कोरोना महामारीको समयमा नोकरीविहीन भएका मानिसहरूलाई फेरि नोकरी दिने लगायत विभिन्न मागहरूलाई लिएर आज दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसले आवाज उठाएको छ। केन्द्र सरकारको विभिन्न नीतिहरू विरुद्ध आज तृणमूल कांग्रेसका सदस्यहरूले सिलगढीको एसएफ रोडमा धरना प्रदर्शन गरे।


यस अवसरमा विभिन्न पार्टीका केही कार्यकर्ताहरू तृणमूल कांग्रेसमा सामेल भएका छन्। यस अवसरमा मन्त्री गौतम देव, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसका अध्यक्ष रञ्जन सरकार लगायत पार्टी अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *