केन्द्र सरकारको विभिन्न नीतिहरूविरुद्ध फुलबारीमा तृणमूल कांग्रेसद्वारा विरोध प्रदर्शन

राजगञ्ज:  केन्द्र सरकारको विभिन्न नीतिहरू लगायत जैविक उर्वरक, बीउहरूको मूल्यमा वृद्धिको विरोधमा राज्यका पर्यटन मन्त्री गौतम देवले खेत बारीमा उभिएर विरोध प्रदर्शन गरे। आज फुलबारी ब्लक कृषक तथा खेत मजदुर तृणमूल कांग्रेस कमिटीको तर्फबाट राजगञ्ज ब्लकको फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत कलाङ्गिनीमा उक्त विरोध प्रदर्शन गरियो। यस अवसरमा गौतम देवले जैविक उर्वरक, बीउ, पेट्रोल-डीजलको मूल्यमा वृद्धिको विरोधमा आज राज्यभरिमै खेत बारीमा उभिएर विरोध प्रदर्शन गरिरहेको बताए। यसै क्रममा आज आफूहरूद्वारा फुलबारी विधानसभाको कलाङ्गिनी इलाकामा केन्द्र सरकारको जन-विरोधी नीतिविरुद्ध खेत बारी उभिएर विरोध प्रदर्शन गरेको तिनले बताए। यस अवसरमा जलपाईगढी जिल्ला शिक्षा कर्माध्यक्ष देवाशीष प्रामाणिक, फुलबारी 2 नम्बर ग्राम पञ्चायतका प्रधान दिलीप राय, अञ्चल अध्यक्ष रबीउल करीम लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *