केन्द्र सरकारको नीतिविरुद्ध तृणमूल श्रमिक संगठनको धिक्कार र्‍याली

सिलगढी : दिल्ली हिंसा, सीएए, एनआरसी, एनपीआर लगायत दैनिक सामानहरूको मूल्यमा वृद्धिको प्रतिवाद जनाउँदै तृणमूल श्रमिक संगठनले केन्द्र सरकारविरुद्ध आज धिक्कार र्‍याली निकाल्यो। तृणमूल कांग्रेस नेता अरूप रतन घोषको नेतृत्वमा निकालिइएको उक्त र्‍याली सिलगढीको मल्लागुड़ीबाट शुरू गरेर एयरभ्यु पुगेर समापन गरियो। उक्त र्‍यालीमा तृणमूल कांग्रेसका आईएनटीटीयुसी श्रमिक संगठन एवम् विभिन्न ब्लकका संगठनका कार्यकर्ताहरू सामेल थिए। यस अवधि कार्यकर्ताहरूले केन्द्र सरकार विरुद्ध नारा पनि लगाए। केन्द्र सरकारको नीतिहरू र दिल्ली हिंसाको प्रतिवादमा उक्त धिक्कार र्‍यालीको आयोजना गरिएको अरूप रतन घोषले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *