केन्द्रीय ट्रेड युनियन तथा फेडरेसन समूहले 28 र 29 मार्चमा डाकेको बन्दलाई सर्मथन छैन : ऋतुव्रत बन्धोपाध्याय

सिलगढी : केन्द्रीय ट्रेड युनियन तथा फेडरेसन समूहले विविध मागलाई लिएर आगामी 28 र 29 मार्चको दिन डाकेको बन्दको तृणमूल चियाकमान श्रमिक युनियनले विरोध जनाएको छ। सिलगढीको गेस्ट हाउसमा आज उत्तरबंगका सबै चियाकमानका श्रमिकहरूलाई लिएर एउटा बैठक गरियो। उक्त बैठकमा तृणमूल श्रमिक संगठनका राज्य सभापति ऋतुव्रत बन्धोपाध्याय मुख्य रूपमा उपस्थित थिए। उक्त बैठकलाई सम्बोधन गर्दै तिनले भने, दुई दिने उक्त बन्दलाई तृणमूल श्रमिक संगठनले समर्थन गर्ने छैन। बन्दको विरोधमा राज्यभरिमै प्रचार गर्नको साथै सडकमा ओर्लिएर यसको विरोध जनाइने तिनले बताए। यस अवधि उत्तरबंगको सबै चियाकमानहरू खुल्ला रहनेछ भन्दै तिनले सबै श्रमिकहरूलाई आ-आफ्नो काममा आउने अपील पनि गरेका छन्। केन्द्रीय ट्रेड युनियन तथा फेडरेसन समूहले दुई दिने बन्द पूर्ण रूपमा फ्लप सो हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *