केन्द्रिय औद्योगिक सुरक्षा बलको स्थापना दिवस पालन

मङपु : टिस्टा जल विद्युत परियोजना चरण तीन रम्बी, दार्जिलिङको केन्द्रिय औद्योगिक सुरक्षा बलले 52औँ स्थापना दिवस भव्य रूपमा पालन गर्यो। समारोहका प्रमुख अतिथि टिस्टा जल विद्युत परियोजना चरण तीन मुख्य अभियन्ता प्रभारी एके ग्रोबरले परेडको सलामी ग्रहण गरे।


केन्द्रिय औद्योगिक सुरक्षा बलका जवानहरूले सुन्दर परेडको प्रदर्शन गरे भने तिनीहरूलाई प्रमुख अतिथिको बाहुलीबाट उपहार प्रदान गरेर सम्मान जनाइयो। कार्यक्रममा विशिष्ट  अतिथिहरूमा अतिरिक्त कमन्डेन्ट अनिल गौड, इन्स्पेक्टर बीपीएन सिंह लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *