केन्द्रीय बलका जवानहरूद्वारा बेलाकोवामा रूट मार्च

राजगञ्ज (निसं) : केन्द्रीय वाहिनीले राजगञ्जको बेलाकोवामा आजदेखि रूट मार्च शुरू गरेको छ। लोकसभा चुनाउको मिति घोषणा हुन अगावै केन्द्रीय बलका जवानहरू राज्यमा आइपुगिसकेका छन्। केन्द्रीय बलले राज्यको विभिन्न जग्गामा पुगेर पनि रूट मार्च शुरू गरिसकेको जान्नमा आएको छ। यसैक्रममा आज बिहान केन्द्रीय बलका जवानहरूले जलपाईगढी लोकसभा क्षेत्रको राजगञ्ज ब्लकको बेलाकोवा बजार, प्रधान पाड़ा, पयाभिटा, पानाशगुढी, ढपेर हाट, शिकारपुर लगायत अन्य स्थानहरूमा रूट मार्च गरे। मतदाताहरूको मनोबल बढाउनको लागि नै केन्द्रीय बलका जवानहरूले चुनाउ अगावै यस प्रकारले रूट मार्च शुरू गरेको बताइएको छ। आज रूट मार्चमा राजगञ्ज थानाका आईसी अनुपम मजूमदार, बेलाकोवा आउटपोस्ट थानाका ओसी केसाङ छिरिङ लेप्चा पनि केन्द्रीय बलहरूको साथमा उपस्थित थिए।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *