केन्द्रिय वित्त राज्यमन्त्री पंकज चौधरी तीनदिने सिक्किम भ्रमणमा, बाघडुग्रामा स्वागत

सिलगढी (निसं): केन्द्रिय वित्त राज्यमन्त्री पंकज चौधरी आज तीनदिने भ्रमणको निम्ति सिक्किम आइपुगेका छन्। यसभन्दा अघि तिनी आज बाघडुग्रा विमानस्थलमा उत्रिएका थिए, जहाँ तिनलाई सिक्किम राज्यको पक्षबाट भव्य स्वागत जनाइयो। सिक्किमतर्फ प्रस्थान हुनअघि बाघडुग्रा विमानस्थलमा तिनले आयकर अधिकारीहरूसँग भेट गरेर अनौपचारिक बैठक पनि गरे। प्राप्त जानकारी अनुसार तिनी आजदेखि 28 जूनसम्म सिक्किम भ्रमणमा रहनेछन्। तिनीसित तिनका अतिरिक्त निजी सचिव आईआरएस अल्केश उत्तम, मन्त्रीका एपीएस नीरज मिश्र पनि साथमा आएका छन्। राज्य सरकारको तर्फबाट आयकर विभागका संयुक्त आयुक्त लेण्डुप दोर्जी लेप्चा, उपायुक्त छिरिङ दोर्जी भोटिया लगायत अन्य प्रोटोकल अधिकारीहरूले बाघडुग्रा विमानस्थलमा आज केन्द्रिय वित्त राज्यमन्त्री पंकज चौधरी स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *